×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संविधान दिवस राष्ट्रिय चाड हो, यसको सुरूवात हामीले गर्‍यौं : केपी ओली

संविधान दिवस राष्ट्रिय चाड हो, यसको सुरूवात हामीले गर्‍यौं : केपी ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसलाई राष्ट्रिय पर्वको रूपमा मनाउनु पर्ने बताएका छन्।

काठमाडौंको वसन्तपुरमा ‘युवा सँगसँगै पदयात्रा’ कार्यक्रममा ओलीले यस्तो बताएका हुन्। उनले संविधान दिवस राष्ट्रिय चाड भएकाले यसलाई जनस्तरबाट मनाइनुपर्ने पनि बताए। ‘यो सरकारी नभएर राष्ट्रिय दिवसको रूपमा मनाइनुपर्दछ। यो आजसम्म हुन सकेको थिएन हामीले यसको सुरुवात गरेका छौं,’ओलीले भने। उनले एमालेले यसको सुरुवात गरेको पनि बताए।

संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा वृहत् ९पदयात्रा० शुरु गरेको हो। पदयात्रा बिहान ७ बजे उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट शुरू भएको थियो। पदयात्रा कार्यक्रममा ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शंकर पोखरेल, उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्