×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कांग्रेस महाधिवेशन मंसिर ९ देखि

कांग्रेस महाधिवेशन मंसिर ९ देखि

कांग्रेसको १४औं महाधिवेशन भदौ १८ गतेबाट सुरु हुने भएको छ । बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका तल्ला तहको अधिवेशन भदौ १८ गतेदेखि शुरु गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए ।

उनकाअनुसार बैठकले तल्ला तहको अधिवेशन भने भदौ १८ गतेदेखि नै सुरु हुने हो । त्यस्तै, २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, ५ गते प्रतिनिधि सभा क्षेत्रीय समिति र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन र १० गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन हुनेछ ।

अगामी असोज २३ गते कांग्रेसको वैधानिक कार्यकाल सकिँदैछ । पार्टीको वैधानिकता पनि जोगिने र महाधिवेशनका लागि समेत हतारो नहुने गरी मंसिरका लागि कार्यतालिका ल्याइएको नेताहरुको भनाइ छ । कांग्रेसले यसअघि भदौको १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो ।

 
 

प्रतिकृया दिनुहोस्