×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

ईसेवामा खुल्याे जागिर,घरै बसेर पनि काम गर्न सकिने

ईसेवामा खुल्याे जागिर,घरै बसेर पनि काम गर्न सकिने

काठमाडाैँ - ईसेवाले एक साथ २६५ कर्मचारी माग गरेको छ । कम्पनीले बजार प्रतिनिधिको रुपमा काम गर्नको लागि २६५ जनशक्ति माग गरेको हो । कम्पनीले देशका विभिन्न १७ शहरको लागिकर्मचारी माग गरेको हो । जस अनुसार कम्पनीले काठमाडौँमा ५०, चितवनमा २०, धनगढीमा २०, हेटौडामा १०, राजविराजमा १०, बिर्तामोडमा १०, पोखरामा २०, बिराटनगरमा २०, दमकमा १०, बाग्लुंगमा ५, दाङमा १०. बिरगंजमा १०, बुटवलमा २०, नेपालगंजमा २०, धरानमा १०, लहानमा १० र सुर्खेतमा १० जना माग गरेको हो ।

कम्पनीले इच्छुक योग्य आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा (सिभी ) मेल गर्नको लागि आग्रह गरेको छ । एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने छन् ।कम्पनीले यसको पदको लागि आकर्षक पारिश्रमिक सुनिश्चित गरिएको र घरै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सक्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस्