×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

योजना आयोगमा थप तीन सदस्य नियुक्त

योजना आयोगमा थप तीन सदस्य नियुक्त

 

काठमाडौं -  सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ । आर्थिक वर्ष २०८०–८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा.डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो ।

नवनियुक्त सदस्यहरूमध्ये पौडेल र विछाले शुक्रवार शपथ ग्रहण गरिसक्नुभएको छ भने बुढाथोकी काठमाडौँबाहिर रहनुभएकाले शपथ ग्रहण बाँकी छ । सरकारले यसअघि नै राष्ट्रिय आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा‍‍. मीनबहादुर श्रेष्ठलाई तथा सदस्यहरूमा रामकुमार फुयाँल र डा. जयकान्त राउतलाई नियुक्त गरिसकेको थियो ।

थप तीन सदस्य नियुक्त भएपछि राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।

 

प्रतिकृया दिनुहोस्