काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज शुक्रबार एक खेल हुँदैछ । साँझ पौने ८ बजे कोलकत्ता नाइट राइडर्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुने भएको हो ।
कोलकत्ता आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । यसले पहिलो खेलमा चेन्नईलाई पराजित गर्दे २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
पन्जाब पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेर २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।