×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काँग्रेस अधिवेशनका क्रममा झडप, एक प्रहरी घाइते

काँग्रेस अधिवेशनका क्रममा झडप, एक प्रहरी घाइते

सुदूरपश्चिम- नेपाली काँग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरा जिल्लामा मंगलबार भएको अधिवेशनका क्रममा झडप भएको छ । जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजित महराले उक्त घटनामा एक जना प्रहरी घाइते भएको बताए । घाइते प्रहरीको अवस्था समान्य छ । वीरेन्द्र गिरीसहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति ११ बजेबाट मतगणना गर्ने तयारी गरिएकोमा झडपपछि मतगणनाको काम अनिश्चित बनेको प्रवक्ता रौलेले जानकारी दिए ।

कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ । जिल्ला अधिवेशनमा कांग्रेसका एक हजार २१२ मतदाता रहेको बताइएको छ । -रासस

प्रतिकृया दिनुहोस्