×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय खेलकुद परिषद्काे बैठक बाेलाउन माग

राष्ट्रिय खेलकुद परिषद्काे बैठक बाेलाउन माग

काठमाडाैँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरूले परिषद्को बोर्ड बैठक बोलाउन माग गरेका छन् । 

राखेपका १३ सदस्यहरूले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई पत्र लेख्दै बोर्ड बैठक बोलाउन माग गरेका हुन् ।

उनीहरूले परिषद्को बोर्ड बैठक बोलाउन माग गर्दै मन्त्रालयमा पत्र दर्ता गराएका छन् । यस अघि परिषद्को बोर्ड बैठक २०७८ असार २९ गतेका लागि निर्धारण गरिएको थियो । तर, मन्त्रिपरिषदमा फेरबदल भएपछि बोर्ड बैठक बस्न सकेको थिएन । बोर्डका सदस्य एकेन्द्र कुँवरले राखेपमा देखिएको अन्यौलतालाई अन्त्य गर्न बोर्ड बैठक बोलाउन माग गरिएको बताए । उनले राखेपमा निकास दिन खेलकुदमन्त्रीले भूमिका निर्वाह गर्ने विश्वास गरे ।

७ महिना बितिसक्दा पनि परिषद्को बैठक बस्न नसकेकाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम परिषद्को बैठक बोलाउन संयुक्त रूपमा अनुरोध गरिएको पत्रमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्