काठमाडौं- निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनको मिति तय गरेको छ। आयोगको सोमबार बसेको बैठकले आगामी कार्तिक १७ गते आइतबारका दिन मतदान गर्ने गरी उपनिर्वाचनको मिति तोकेको हो।
२०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा उक्त क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहोरा विजयी भएका थिए। उनको गत २०८१ चैत १९ गते काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएपछि सो क्षेत्रमा सांसद पद रिक्त रहेको थियो।
सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोगले उक्त रिक्त पद पूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो।