काठमाडौं- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको गृहपालिका काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयरमा गठबधनको तर्फबाट नेकपा एकीकृत समाजवादीका टोकबहादुर तामाङ विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै तामाङ मेयरमा विजयी भएका हुन्।
तामाङले ९ हजार ४०६ मत प्राप्त गरेका छन्। एमालेका विदुरप्रसाद सापकोटाले ८ हजार ३५१ मत प्राप्त गरे। २०७४ को निर्वाचनमा उनी नेकपा एमालेबाट मेयर निर्वाचित भएका थिए। मण्डनदेउपुरमा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच गठबन्धन भएको थियो। उपमेयरमा नेपाली कांग्रेसका विष्णुमणी नेपाल विजयी भएका छन्। उनले ११ हजार ३०५ मत प्राप्त गर्दा एमालेकी सरिता ढकालले ६ हवा ९२४ मत ल्याइन्।