×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल-चीन सम्बन्ध ऐतिहासिक र सौहाद्रपूर्ण हुनुपर्ने विज्ञहरूको सुझाव

नेपाल-चीन सम्बन्ध ऐतिहासिक र सौहाद्रपूर्ण हुनुपर्ने विज्ञहरूको सुझाव

काठमाडौं- नेपाल-चीन सम्बन्ध ऐतिहासिक, सौहाद्रपूर्ण रहेको र उक्त सम्बन्ध द्विपक्षीय हितका लागि हुनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।  फ्रेन्सड्स अफ सिल्क रोड क्लब नेपालको आयोजनामा ‘हिमाल पारीको मित्रता’ विषयक कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्धलाई द्विपक्षीय रुपमा अगाडि बढाउँदा दुई देशबीचको सम्बन्ध अझ बलियो हुने सुझाव दिए। नेपालले लिएको एक चीन नीतिलाई अपनाउँदै दुई पक्षीय हितका लागि काम गर्नुपर्ने उनको भनाइ थियो। 

पूर्व पूर्वगर्भनर डा. दीपेन्द्रबहादुर क्षेत्रीले नेपालका सबै राजनीतिक दल मिलेर छिमेकी तथा दातृ राष्ट्रका लागि एउटा आर्थिक र परराष्ट्र नीति बनाउनुपर्ने बताए। 

नेपालको सम्पूर्ण शक्ति राजनीतिक परिर्वतनमा लागेको हुँदा अन्य महत्वपूर्ण विषय छुटेको उल्लेख गर्दै उनले सबै दलको सहमतिमा साझा आर्थिक र परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिए। 

श्रीलङ्काका लागि नेपाली राजदूत वासुदेव मिश्रले नेपाल चीनबीचका सम्बन्ध थप बलियो बन्दै गएको र आगामी दिनमा थप प्रगाढ बनाउन चीन सरकारले गरेको सहयोगलाई ध्यानमा राख्नुपर्ने बताए। 

क्लबका महासचिव डाक्टर कल्याणराज शर्माले चीनबाट हालै भएको भ्रमणको विकासको बारेमा छलफल गर्न, द्विपक्षीय सम्बन्ध सुधार गर्ने तरिकाहरू अन्वेषण गर्न र राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक ज्ञान तथा अनुभव आदानप्रदान गर्न सक्षम बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी गराए।

प्रतिकृया दिनुहोस्