काठमाडौँ - नेपालमा कोभिड-१९ संक्रमणका कारण ११ हजार २ जनाको मृत्यु भएको छ । बिहीबार ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा देशभर १५११ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । १५ हजार १७९ जनाको कोभिड परीक्षण गरिएको थियो ।
बिहीबार १६८९ जना कोभिड संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४५ हजार २१५ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी ११ जनाको मृत्यु र हालसम्म ११ हजार २ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमित २५ हजार ७७२ जना छन् ।
आईसीयूमा ४०७ र भेन्टीलेटरमा १२८ कोभिड संक्रमित उपचाररत छन् । होम आइसोलेसनमा २४ हजार २२२, संस्थागत आइसोलेसनमा १५५० र क्वारेन्टाइनमा २२० जना छन् ।