×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अपाङ्गता भएका व्यक्तिको आकस्मिक सेवामा पहुँचका लागि मोबाइल एप

अपाङ्गता भएका व्यक्तिको आकस्मिक सेवामा पहुँचका लागि मोबाइल एप

अपाङ्गता भएकाहरुका लागि लक्षित गरी ‘बचाउ’ नामक मोबाइल एपको सुरुवात गरिएको छ । युएसएआइडीको तयार नेपाल परियोजनाको सहयोगमा ‘अतुल्य फाउण्डेसन’ ले तयार पारेको सो एप्लिकेशन बहिरा र सुस्त श्रवण भएका व्यक्तिलाई लक्षित गरीएको हो ।

सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई आकस्मिक सेवामा सहयोग पुग्ने बताइएको छ । सो एप्लिकेशनमार्फत बहिरा र सुस्त श्रवण भएका व्यक्तिले आफूलाई परेको समस्याका बारेमा एपमार्फत प्रहरी, दमकल वा एम्बुलेन्सलाई जानकारी गराउन सक्ने छन् । एप्लिकेशनमार्फत सहयोगका लागि अपील गर्दा प्रहरीले सहयोग आवश्यक पर्ने व्यक्ति रहेको वा घटना भएको स्थानसमेत जानकारी पाउने भएकाले सहजीकरणका लागि छिटो हुने अपेक्षा गरीएको छ ।

एप सार्वजनिक कार्यक्रममा फाउण्डेसनका अध्यक्ष पल्लव पन्तले नेपालका सरकारी र गैरसरकारी निकाय अपाङ्गमैत्री नभएको अवस्थामा सानो प्रयासस्वरुप बचाउ एप सार्वजनिक गरेको बताए । उनले विपद् व्यवस्थापनमा प्रविधिको प्रयोग गर्दा अपाङ्गता भएका मात्र नभइ सबैलाई यो फलदायी हुने बताए । प्रविधिसँग अपाङ्गता भएका व्यक्तिलाई विपदको जोखिमबाट बच्न र न्यूनिकरण गर्न सहज हुने अपेक्षा लिएको उनको भनाई छ । अध्यक्ष पन्तले नेपालमा अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा नयाँ प्रयोग भएको बताए ।

कार्यक्रममा गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख हुमकला पाण्डेले प्रविधिको प्रयोगले विपद्मा परेका मानिसको सहयोग गर्न प्रभावकारी हुने बताए ।
कार्यक्रमका सहभागीहरुले प्रविधिको प्रयोगमा अपाङ्गता भएका व्यक्तिहरु प्राय सक्षम नहुने भएकाले संकेत वा चित्रहरुको प्रयोगबाट पनि सहजै सूचना प्रवाह गर्न जोड दिनुपर्ने बताए । उनीहरुले नेपाल प्रहरी, एम्बुलेन्स र दमकललगायतका आपतकालीन सहयोग गर्ने निकायबीच सूचनामा समन्वय गर्न सके सूचना प्रवाह अझै प्रभावकारी हुने धारणा राखे ।

आपतकालिन अवास्थामा विभिन्न निकायमा खबर गरेर विपद् वा अन्य जुनसुकै समस्यामा पनि सहयोग पाइन्छ भन्नेबारेमा सचेतनाको आवश्यक रहेकोमा उनीहरुले जोड दिए ।
बेटा भर्सनमा उपलब्ध सो एप चाँडै नै परिस्कृत गरेर पूर्ण रुपमा सञ्चालनमा ल्याइने फाउण्डेसनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्