×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुपन्देही–२ : राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

रुपन्देही–२ : राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

काठमाडौं- रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको छ । शुक्रबार पेसी चढे पनि रिट निवेदकबाट स्थगित गराइएको थियो । आइतबार उक्त रिट न्यायाधीश श्रेष्ठको इजलासमा परेको हो ।

एकीकृत समाजवादी पार्टीका नेता राजु गुरुङ रुपन्देही–२ मा सत्ता गठबन्धनको साझा उम्मेदवार थिए । तर उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यलयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

तर गुरुङले भने आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभई आफ्नो कम्पनी मात्र कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

निर्वाचन निर्देशिकामा कालोसूचीमा परेको व्यक्ति उम्मेदवार बन्न नसक्ने कुरा उल्लेख छ । तर आफू कालोसूचीमा नपरेको र निर्देशिकासमेत ऐनसँग बाझिएको भन्दै गुरुङले आफ्नो उम्मेदवारी कायम रहनुपर्ने भन्दै रिट निवेदन दर्ता गराएका थिए ।

गुरुङको उम्मेदवारी राजनीतिक पूर्वाग्रहमा खारेज गरिएको भन्दै सत्ता गठबन्धनले निर्वाचन अधिकृतमाथि नै प्रश्न उठाएको छ । रुपन्देही–२ का निर्वाचन अधिकृत उदवीर नेपाली राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको स्वकीय सचिवको जिम्मेवारीमा रहिसकेको र उनकी पत्नी नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेशमा सांसद रहिसकेका कारण उनी पूर्वाग्रही देखिएको गठबन्धनको ठहर छ ।

प्रतिकृया दिनुहोस्