×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निर्वाचनका लागि निर्वाचन आयोगकाे सक्रियता, मनोनयन पत्र दर्ता गर्ने मिति सार्वजनिक

निर्वाचनका लागि निर्वाचन आयोगकाे सक्रियता, मनोनयन पत्र दर्ता गर्ने मिति सार्वजनिक

काठमाडौं - आगामी जेठ ६ गते हुनेगरि घाेषणा गरिएकाे राष्ट्रियसभा सदस्य उपनिर्वाचनकाे तयारीले तिव्रता पाएकाे छ ।  आगामी उपनिर्वाचनका लागि निर्वाचन आयोगले  मनोनयन पत्र दर्ता लगायत उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका समेत सार्वजनिक गरेसगैँ उपनिर्वाचनकाे तयारीले तिव्रता पाएकाे हाे । 

आयोगले यही वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुपर्ने  गरि कार्यतालिका सार्वजनिक गरेकाे छ ।  वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको आगामी जेठ ६ गते बिहीबार हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्दै निर्वाचन आयोगले वैशाख २४ गते नै मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

यही वैशाख २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । स्वीकृत कार्यक्रमअनुसार, वैशाख २१ गते मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजूरी दिने, वैशाख २२ र २३ गते निवेदन तथा उजूरीउपर छानबिन र कारबाही गर्ने, वैशाख २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, वैशाख २५ गते उम्मेदवारको विरोधमा उजूरी दिने निर्वाचन कार्यतालिका छ ।

आयोगका अनुसार, वैशाख २६ र २७ गते मनोनयनपत्र र उजूरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्