×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘आउने दिनहरुमा पनि नेपालीहरुमा खुसी बाड्न सदैव तत्पर हुनेछु।,’बिमल घर्ती मगर

‘आउने दिनहरुमा पनि नेपालीहरुमा खुसी बाड्न सदैव तत्पर हुनेछु।,’बिमल घर्ती मगर

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टाेलीका स्ट्राइकर विमल घर्तीमगरले लामाे समयपछि मैदान फर्किन पाउँदा निकै खुसी लागेकाे बताएका छन् । 

आज बुधवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै विमलले नेपालकाे जर्सी लगाएर राष्ट्रिय गान गाउन पाउँदाकाे क्षणलाई अरू कुनै कुरासँग तुलना गर्न नसक्ने बताएका हुन् । उनले लेखेका छन्, ‘निकै लामो समय  प्रत्यक्षरूपमा मैदानभित्र नरहँदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो शतप्रतिशत साथ रहिरह्यो । उतारचढावपछि शारीरिक मानसिक रूपमा सबल भइ मैदानमा नेपालको झन्डा अङ्कित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षणलाई म अरू कुनै कुरासँग तुलना गर्न सक्दिनँ !’  विमलले टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई आत्मसात् गर्दै आउँदा दिनमा पनि नेपालीहरूमा खुसी बाँड्न सधैँ तत्पर हुने बताएका छन् ।  

झन्डै दुई वर्षपछि मैदान प्रवेश गरेका विमलले आफ्नाे पुनरागमनलाई यसरी जनाएका छन्-सायद सूर्य अस्ताउने भनेकै भोलि उदाउनकाे लागि हो ! 

अफ्रिकी देश मौरिससँगकाे मैत्रीपूर्ण फुटबलकाे पहिलाे खेलमा विमलले गाेल गर्दै टाेलीलाई जिताएका थिए ।

प्रतिकृया दिनुहोस्