×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नागरिकता विधेयक पास भए गैरआवासीय नागरिकले पाउने छन् यस्तो नागरिकता

नागरिकता विधेयक पास भए गैरआवासीय नागरिकले पाउने छन् यस्तो नागरिकता

काठमाडौँ- सरकारले संसदमा पेस गरेको नागरिकता कानुनलाई संशोधन गर्ने विधेयकले गैर आवासीय नेपालीहरूलाई पनि नागरिकता दिने व्यवस्था प्रस्ताव गरेको छ।

संविधानमानै गै आवासीय नागरिकता दिने प्रावधान अनुरूप सरकारले नागरिकता कानुन संशोधन गर्न लागेको हो। विधेयकले नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिलाउने नागरिकताको प्रस्ताव गरेको हो। गैरआवासीय नागरिकता दक्षिण एसियाबाहेक अरू देशमा बसोबास गर्नेले मात्र पाउने प्रस्ताव विधेयकमा छ।

गैरआवासीय नागरिकताका लागि पाँच वटा प्रमाण निवेदनसाथ बुझाउनुपर्ने छ।

पहिलो, यस्तो नागरिकता लिन चाहने व्यक्तिका बाबु वा आमा तथा बाजे वा बजै यसअघि नेपालकै नागरिक भएको प्रमाण।
दोस्रो, पहिले नेपाली नागरिकता लिएको भए त्यसलाई त्यागेको प्रमाण।
तेस्रो, विदेशी मुलुकको नागरिकता लिएको प्रमाण।
चौथो, दक्षिण एसियाली बाहेकका मुलुकमा बसोबास गरेको प्रमाण।
पाँचौं, नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र।
झुटा विवरण बुझाएर गैरआवासीय नागरिकता लिने व्यक्तिलाई तीन महिनादेखि एक वर्षसम्म कैद र २५ हजारदेखि ५० हजार रूपैयाँ जरिवाना हुने प्रस्ताव विधेयकले गरेको छ।

गैरआवासीय नागरिकताले भोट दिन, चुनाव लड्न, पासपोर्ट बनाउन लगायतका राजनीतिक अधिकार भने पाउने छैनन्। यसले सम्पत्ति राख्न, व्यापार-व्यवसायमा लगानी गर्ने लगायत अधिकार मात्र दिने हो।

प्रतिकृया दिनुहोस्