काठमाडौं - काठमाडौं गार्जुन नगरपालिका-८ भीमढुङ्गामा चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका छन् ।
बुधबार राति साढे एक बजे पन्चकुमार भट्टराईको घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।
भीमढुङ्गास्थित हर्सनखोलामा ४९ भट्टराईको घरमा चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीरका विभिन्न ठाउँमा चोट लागेको जनाइएको छ ।