×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानन्यायाधीशको राजिनामा माग्दै सर्वोच्चमा वकिलहरुको प्रदर्शन

प्रधानन्यायाधीशको राजिनामा माग्दै सर्वोच्चमा वकिलहरुको प्रदर्शन

काठमाडौँ-  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार  एशोसिएसनले विरोधका कार्यक्रम गरिरहेको छ। पाँच दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको बारले आजदेखि बुधवारसम्म कालो कालोपट्टी बाँधेर दैनिक एक घण्टा सर्वोच्च अदालतमा धर्ना दिने जनाएको छ ।

इजलास बहिष्कार गर्ने, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनेदेखि सडक आन्दोलनसम्म उत्रिने तयारी रहेको एशोसियसनले जनाएको छ ।

यसअघि न्यायाधीशहरूले शुक्रवार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने बारे सामान्य छलफल गरेका थिए। आज विस्तृत छलफल गर्ने गरी बैठक सकिएको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चमा २१ न्यायाधीश कार्यरत छन्।

प्रतिकृया दिनुहोस्