×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाउने व्यवस्था वैज्ञानिक भएन, पुनरावलोकन हुन्छ : कानुनमन्त्री

२० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाउने व्यवस्था वैज्ञानिक भएन, पुनरावलोकन हुन्छ : कानुनमन्त्री

काठमाडौं- कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै विवाह गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको भन्दै मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको बताएका छन् ।

बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताए ।

‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ । बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन,’ मन्त्री कोइरालाले भने, ‘यसले बरु अपराध बढाउने काम भइराछ । बाल विवाहमा सजायँ भइराछ । त्यसैले यसमा रिभ्यू गर्नुपर्छ । कानुन मन्त्रालयले रिभ्युको प्रोसेस थालिसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु ।’

प्रतिकृया दिनुहोस्