×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कतारमा उपचार गराएर आज स्वदेश फर्किँदै साम्बा

कतारमा उपचार गराएर आज स्वदेश फर्किँदै साम्बा

काठमाडौँ- राष्ट्रिय महिला फुटबल टिम तथा एपीएफकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ कतारमा घुँडाको शल्यक्रिया र थप उपचार गराएर आज स्वदेश फर्कने भएकी छन् । 

खेलका क्रममा मैदानमै घाइते भएकी साम्बा उपचारका लागि असार १२ गते कतार गएकी थिइन् । उनको असार ३१ गते कतारको दोहामा रहेको अस्पेटार अस्पतालमा दायाँ घुँडाको शल्यक्रिया भएको थियो ।

आइतबार भएको परीक्षणमा सबै कुरा सामान्य देखिएपछि डाक्टरले अब स्वदेश फर्कन मिल्छ भनेको र आफू आउन लागेको साम्बाले बताइन् । नेपाल फर्केपछि केही साता ग्राउण्ड रिह्याबलगायत डाक्टरले भने अनुसार गर्ने उनले बताइन् । आफू छिट्टै मैदान फर्किने कुरामा आशावादी रहेको पनि उनले बताइन् ।

राष्ट्रिय लिग खेल्ने क्रममा गत वर्ष फागुन ३ गते उनको घुँडामा चोट लागेको थियो । सावित्रा राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गर्ने कीर्तिमानी खेलाडी हुन् । उनले इन्डियन लिगमा दुईवटा क्लबबाट खेलेकी छिन् ।

प्रतिकृया दिनुहोस्