काठमाडौं- राष्ट्रपतिले फिर्ता पठाएका नागरिकता विधेयकमाथि प्रतिनिधि सभामा छलफल सुरु भएको छ । संसदको बिहीको बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले विधेयकमाथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।
अहिले विधेयकमाथि छलफल जारी छ । सुरुमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयक जस्तात्यस्तै पुनः पारित गर्ने सत्ता गठबन्धनको निणर्यमा आपत्ति जनाएका छन् । राष्ट्रपतिले सुझाएका विषयलाई संशोधन गरेर मात्र पारित गर्नुपर्नेमा जोड दिएका छन् ।