×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपालले टस जितेर फिल्डिङ्ग गर्दै, देवको डेव्यु

नेपालले टस जितेर फिल्डिङ्ग गर्दै, देवको डेव्यु

काठमाडौं - नेपालले पपुवा न्युगिनीसँगको पहिलो ओडिआई खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदान किर्तिपुरमाहुने खेलमा युवा ब्याटर देव खनालले आज नेपाली सिनियर टोलीमा डेब्यू गरेका छन् । देवलाई कप्तान सन्दीप लामिछानेले डेब्यू क्याप दिएका हुन् ।
 नेपाल घरेलु मैदान र समर्थकको दुबै फाइदा उठाउँदै उत्कृष्ट क्रिकेटका साथ लगातार छैटौं जित हात पार्ने सोचमा छ । पपुवा न्युगिनीलाई नेपालको मैदान र समर्थक सामू खेल्न केहि कठिन हुनसक्छ । पपुवा न्युगिनीका कप्तान असाद भालाले नेपाली समर्थक सामु खेल्न निकै उत्साहित रहेको बताएका छन् ।

यसअघि पपुवा न्युगिनी सन् १९९८ मा एसिसी ट्रफी खेल्न नेपाल आएको थियो । तर नेपालसँग भने खेलेको थिएन । त्यसैले टियुमा पपुवा न्युगिनीले पहिलो पटक नेपालसँग खेल्दैछ । यसै साता नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई २ विकेट र ७ विकेटले हराएको थियो ।

गत असोजमा दुबै ओडिआई खेलमा नेपाल २ विकेट र १ सय ५१ रनले हराएको थियो । २०१८ मा नेपालले एकदिवसिय विश्वकप छनोटमा जिम्बावेलाई ६ विकेटले हराउँदै ओडिआई मान्यता पाएको थियो । त्यसपछि नेपालले पपुवा न्युगिनीसँग हार बेहोरेको छैन । नेपाल पपुवा न्युगिनीमाथि लगातार छैटौं जित निकाल्ने सोचमा हुनेछ । टियुको बाउन्ड्री छोटो र ब्याटिङ उपयोगी पिच छ । त्यसैले नेपालले बलियो योगफल बनाउन सक्छ ।
पीएनजीविरुद्ध खेल्ने नेपालकाे टिम ।

सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, देव खनाल,कुशल भुर्तेल, कमलसिंह ऐरी, साेमपाल कामी, राेहितकुमार पाैडेल, पवन शर्राफ, आरिफ शेख, भीम सार्की, अनिल साह (विकेट किपर)

प्रतिकृया दिनुहोस्