×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित

काठमाण्डौं- राउण्ड टेवल नेपालको भदौ १८ गते सम्पन्न २२ औं साधारण सभाबाट नयाँ कार्य समिति चयन भएको छ । राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

चितवनको नारायणघाट स्थित सिराइचुली होटलमा भएको साधारण सभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत मुरारका र राष्ट्रिय सम्पादकमा निखिल बंशल चयनहुनु भयो ।

निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराउनु भएको थियो । सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेश लगायतका मुलुकबाट अतिथिहरु आउनु भएको थियो । साधारण सभामा देशभरबाट ४ सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्