काठमाडौँ- साताको पहिलो दिन सेयर बजार घटेकाे छ । नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलब १७ बिन्दुमा आइपुगेको छ ।
नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतवार एक करोड ६५ हजार सेयर किनबेच भएको छ । आइतवार बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह ठूलाे मात्रा घटेको छ ।