×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना अपडेट : सात हजार ४२५ कोरोना संक्रमित थपिए, १८५ जनाको मृत्यु 

कोरोना अपडेट : सात हजार ४२५ कोरोना संक्रमित थपिए, १८५ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा देशभर सात हजार ४२५ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार ४२५ कोरोना भाइरस संक्रमित थपिएका हुन् । 

यही अवधिमा देशभर १८५ जनाको मृत्यु भएको छ । पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ७ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । आइतबार देशभर १९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । 

यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ । यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । 

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।  

प्रतिकृया दिनुहोस्