×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जापानमा एकैदिन अहिलेसम्मकै उच्च कोरोना संक्रमित

जापानमा एकैदिन अहिलेसम्मकै उच्च कोरोना संक्रमित

टोकियो- जापानमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्‍या मंगलबार सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरूले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा जापानमा ३२ हजार १९७ जना नयाँ संक्रमित भएका छन् । यसअघि अघिल्लो बर्षको अगस्टमा एकै दिनमा सबैभन्दा धेरै २५ हजार ९९२ जना संक्रमित भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

मंगलबार संक्रमित भएको पुष्टि भएका मध्ये टोकियोका मात्रै पाँच हजार १८५ जना रहेका छन् । ‘टोकियो महानगरभरीमा एकैदिनमा पाँच हजारभन्दा बढी संक्रमित देखिएको पनि पहिलो पटक हो,’ एक अधिकारीले भने ।

अघिल्लो मंगलबार ९६२ जना मात्रै संक्रमित भएकोमा एक हप्तामा पाँच गुणा बढेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो एक हप्तामा महानगरमा मात्रै औसतमा तीन हजार ८५८.६ प्रतिशत संक्रमित भएको देखिएको छ । नयाँ संक्रमितमध्ये आधाभन्दा बढी कोरोनाभाइरस विरुद्धको दुवै खोप लगाएका व्यक्ति भएको पनि पाइएको छ । -सिन्ह्वा

प्रतिकृया दिनुहोस्