×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बेङ्गलोर क्रिकेट आईपीएलमा चौथो जित

बेङ्गलोर क्रिकेट आईपीएलमा चौथो जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले चौथो जित हासिल गरेको छ। आइतबार घरेलु मैदानमा भएको खेलामा बेङ्गलोरले शीर्ष स्थानको राजस्थान रोयल्सलाई ७ रनले हरायो।

बेङ्गलोरले दिएको १९० रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रनमात्र बनाउन सक्यो। राजस्थानका देवदत्त पड्डिकलले ५२, यशस्वी जैसवालले ४७ र ध्रुव जुरेलले नटआउट ३४ रन बनाए।

बेङ्गलोरका हर्षल पटेलले तीन विकेट लिए। यस्तै, मोहम्मद सिराज र डेभिड विल्लेले समान १–१ विकेट लिए।  

टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो। बेङ्गलोरका ग्लेन म्याक्सवेलले सर्वाधिक ७७ रन बनाए। यस्तै, र फाफ डु प्लेसिसले ६२ रन बनाए।

राजस्थानका ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान २–२ विकेट लिए। यस्तै, रविचन्द्रन आश्विन र युज्वेन्द्र चहलले १–१ विकेट लिए।
आइतबार खेलमा जित निकालेसँगै बैङ्गलोर ७ खेलबाट ८ अंक जुटाएर तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। ७ खेलबाट ८ अंक नै जोडेको राजस्थान रनरेटका आधारमा तालिकाको शीर्ष स्थानमा छ।

 

प्रतिकृया दिनुहोस्