काठमाडौं - रक्सी खाएपछि अति मिल्ने साथीहरुबीच पनि झगडा हुने गरेको हामीले सुनेका छौं । त्यस्तो झगडाका विषयहरु विभिन्न हुन्छन् । तर, दुई साथीहरुबीच आ–आफ्नो लिंगको लम्बाइको विषयमा यस्तो झगडा पर्यो कि एक साथीले अर्का साथीको लिंग बञ्चरोले काटिदिए । रुसको उराल क्षेत्रको बश्कोर्तोस्तानमा एक साथीले अर्का साथीको लिंग बञ्चरोले काटिदिएका हुन्। इभिनिङ स्ट्यान्डर्डको रिपोर्टअनुसार यी दुई बाल्यकालदेखिकै साथी हुन।
रिपोर्टअनुसार ५२ वर्षका एक व्यक्ति ४७ वर्षका साथीसँग बसेर रक्सी पिउँदै थिए । नशाको तालमा यी दुई साथीहरुबीच लिंगको लम्बाइ नाप्ने प्रतियोगिता गर्ने निर्णय भयो । यस्तोमा ४७ वर्षका साथीको लिंगको लम्बाइ ५२ वर्षका साथीको भन्दा बढी पाइयो । यही कुराले यी दुईबीच झगडा सुरु भयो । झगडाका क्रममा ५२ वर्षका साथी यतिसम्म रिसाए कि उनले ४७ वर्षका साथीको लिंग बञ्चरोले काटिदिए ।
जानकारी अनुसार यी दुईजना २ दिनदेखि लगातार रक्सी पिइरहेका थिए । घाइते व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ जहाँ उनको उपचार भइरहेको छ । बञ्चरोको चोटले उनको गुप्तांगमा ठूलो घाउ भएको छ । पुलिसले आरोपीलाई पक्राउ गरेको छ । आरोपीले रिसको झोंकमा पहिले साथीको टाउकोमा बञ्चरोले हानेको र त्यसपछि गुप्तांग काटिदिएको पुलिसले बताएको छ ।
पीडितले चिच्याएको सुनेपछि छिमेकीले पुलिसलाई फोन गरेका थिए त्यसपछि पीडितलाई उद्धार गरेर अस्पताल भर्ना गरिएको थियो । उनको टाउकोमा पनि गम्भीर चोट लागेको छ । आरोपी दोषी ठहरिएमा उनलाई रुसको कानुनअनुसार ८ वर्षसम्म जेल सजाय हुन सक्छ ।