धनगढी - कञ्चनपुरमा बोका चोरीको आरोपमा २ जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–५ स्थित जमुनाटोलमा बोका चोरी गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका १० मालाखेतीका नवीन ताम्राकार र हरिस चुनारालाई पक्राउ गरेको हो ।
गुलरियाबाट खटिएको प्रहरी टोलीले बोकासहित उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गुलरियाका वरिष्ठ नायव निरीक्षक जीवन गुरुङले बताए। उनका अनुसार बोका र दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारीको जिम्मा लगाइएको छ।
गत महिना प्रतिमा चौधरी र वैशाख ३ गते निर्मला नाथको बाख्रा चोरी भएको थियो। शनिबार चोरी भएको बोका कृष्णपुर नगरपालिका ५ की रामपति चौधरीको रहेको छ।