काठमाडौं - विधिविज्ञान प्रयोगशालाबाट प्रतिवेदन प्राप्त नभएका कारण विमानस्थल अध्यागमनका प्रमुख तीर्थराज भट्टराईलगायत पक्राउ परेकाहरूको बयान अहिलेसम्म सुरु हुन सकेको छैन।
मानव तस्करसँगको मिलेमतोमा भिजिट भिसा प्रयोग गरी असुली धन्दा चलाएको आरोपमा अध्यागमन प्रमुख भट्टराई तथा गिरोहका अन्य तीन सदस्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेको थियो।
अख्तियारले चारै जनाबाट मोबाइल फोन, ल्यापटप तथा अन्य कागजातहरू बरामद गरेको छ।
उनीहरूलाई सोही दिन आवश्यक सोधपुछ र कागजपत्र गराई छाडिएको थियो भने बरामद गरिएका उपकरणहरू परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको छ।
प्रयोगशालाको प्रतिवेदन आएपछि मात्र थप अनुसन्धान र बयानको प्रक्रिया अघि बढ्ने अख्तियार स्रोतले जनाएको छ।