जापान । लमजुङमा जन्मिएर विगत लामो समयदेखि जापानलाई कर्मथलो बनाउदै आएका सफल व्यबसायी शिवहरी पौडेल जसले आगामी दुई बर्षे कार्यकालका लागी जापानवाट अन्तराष्ट्रिय समन्वय समिती (ICC) सदस्य पदका लागी उम्मेदवारी दर्ता गराएका छन् । गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको सन् २०११ देखी सदस्य भई क्रियाशिल रहेका व्यवसायी शिवहरीले "भरोसा सेवा र समाधान" को मुख्य नारामा प्रतिवद्ध भएर उम्मेदवारी दर्ता गराएका हुन् ।
विभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल हुदै एनआरएनए अभियानमा पनि जोडिएका शिवहरी जापानको नेपाली समुदायमा बिश्वासिलो र सक्रिय समाजसेवीको रुपमा परिचित छन् । नेपाली व्यबसायी संघ जापानका उपाध्यक्ष समेत रहेका शिवहरीको जापानमा हलाल पसल, होटेल, रेष्टुरेन्ट र फुदोसान लगायतका व्यवसायहरु रहेको छ ।
उम्मेदवारी दर्ता गराएपछि पाैडेलले भनेका छन् - बिभिन्न संघ संस्थाहरु सगँ अझै सहकार्य गर्दै सामाजिक काममा अग्रसर हुने चाहाना रहेकोले आफुले सदस्यमा उम्मेदवारी दिएको छु मतदान गरेर सहयोग गरिदिनुहुन जापानवासी मतदाताहरुमा अनुरोध गरेका छन् ।