काठमाडौँ- स्पेनिस ला लिगामा बार्सिलोनाले भल्लाडोलिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भल्लाडोलिडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले २ गोल गरेका थिए । लेवान डोस्कीले लगातार दोस्रो खेलमा २-२ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि यस सिनमा ३ खेलमा चार गोल गरेका छन् । त्यस्तै पेड्री र सेर्गी रोबेर्टोले एक एक गोल गरेका थिए । जितपछि बार्सिलोनाको ३ खेलमा ७ अंक भएको छ । भल्लाडोलिडको भने यो दोस्रो हार हो । भल्लाडोलिडको ३ खेलमा १ अंक रहेको छ ।