×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

टी-२० सिरिज:नेपालले आयरल्यान्ड ‘ए’ सँग खेल्दै

टी-२० सिरिज:नेपालले आयरल्यान्ड ‘ए’ सँग खेल्दै

काठमाडौं - आइसिसी टी-२० विश्वकपको तयारीमा रहेको घरेलु टोली नेपालले दुई टी-२० शृंखलाअन्तर्गत सोमबार आयरल्यान्ड ‘ए’ सँग खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गत पहिलो खेल दिउँसो १ बजेबाट शुरू हुने छ। शृंखलाका लागि आयरल्यान्डको टोली नेपाल आइसकेको छ।

यस्तै, नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरिसकेको छ।

टोलीमा रोहितसँगै आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र सोमपाल कामी छन्।

यस्तै, करण केसी, प्रतिश जीसी, अविनाश बोहरा, आकाश चन्द, सन्दीप जोरा र विवेक यादव छन्। 

शृंखलामा सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग दोस्रो खेल चैत मैंगलबार खेल्ने छ। त्यसपछि यही टोली भारतमा गएर खेल्ने छ।

भारतमा यो टोलीले बरोडा र गुजरातसँग चार टी२० खेल खेल्ने छ। नेपालले आईसीसी टी२० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड ‘ए’, बरोडा र गुजरातसँग शृंखला खेल्न लागेको हो। 

प्रतिकृया दिनुहोस्