×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ढुवानी भाडा नबढेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलित

ढुवानी भाडा नबढेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी फेरि आन्दोलित

काठमाडौं- ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आइरहेका नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन्।

गत साउन २१ देखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो। निगमले सहमति पालना नगरेपछि व्यवसायीहरू पुनः आन्दोलित हुन बाध्य भएको महासंघले जनाएको छ।

भदौ १ गते सम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने महासंघले विज्ञप्ति जारी गरी जनाएको छ।

गत साउन १५ मा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ। महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ।

बढेको इन्धनको भाउअनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्ष देखि नै आन्दोलित छन्। भाडा बढाउनेबारे गत वर्ष आयल निगमले विज्ञ समूहमार्फत अध्ययन गराएको थियो।

प्रतिकृया दिनुहोस्