×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

मृगौला पिडीत हरिकृष्णलाई सहयोगका लागी अपिल

मृगौला पिडीत हरिकृष्णलाई सहयोगका लागी अपिल


जापान । जापानको टोकियो स्थित एक अस्पतालमा उपाचारत नेपाली युवा कृष्ण राईको जिवन रक्षाका लागी उनको परिवारले सहयोगको अपिल गरेको छ । नुवाकोटको सूर्यगढी गाउँपालिका–४, जामुने घर भई हाल जापानको एक दाईगाक्कोउमा अध्ययनरत राई विगत केहि महिनादेखि दुबै मृगौलामा गम्भिर समस्या आएपछि अस्पताल भर्ना भएका हुन ।

यहि अक्टोबर ५ तारिख एक्कासी रगतनै बान्ता हुने तथा अनुहार सुनिने जस्ता जटिल समस्या भएपछि तत्कालै  टोकियोमा रहेको  तोहो विश्वविद्यालय ओमोरी मेडिकल सेन्टरमा भर्ना गरिएको बिरामीका मामाका छोरा महेश राईले जानकारी दिएका छन् ।  अक्टोबर ७ तारिकको दिन पहिलो चरणमा मिर्गौंलाको डाईलोसिस गरिएको र दुबै मृगौला फेर्नुपर्ने भनि डाक्टरहरुले जानकारी दिएकोले यो कठिन परिस्थितिमा उहाँको उपचारका लागि ठूलो आर्थिक सहयोगको आवश्यकता परेको  भन्दै सहयोगका लागी अपिल गरिएको हो ।

आर्थिक सहयोगका लागी एनआरएन जापान कान्तो क्षेत्र, नुवाकोट समाज जापान लगायत बिभिन्न संघ संस्थाहरुले यस कठिन समयमा, आफ्नो सामर्थ्य अनुसार आर्थिक सहयोग गरि पुण्य कमाउनु हुन सबैमा हार्दिक अनुरोध गरेको छ । बिरामीको उपचारका लागी आबश्यक आर्थिक सहयोग जुटाउन एनआएरएनए कान्तोका संयोजक दिपक सुवेदी बिप्लब र नुवाकोट समाज जापानका अध्यक्ष ज्ञानेन्द्र पुडासैनी महासचिव सन्तोषी अधिकारी लगायत अभियन्ताहरु निरन्तर खटिईरहनुभएको छ । 
 

प्रतिकृया दिनुहोस्