कास्की : पुनर्बहाली भएपछि गण्डकी प्रदेश सांसद कृष्ण थापाले सर्वोच्च अदालतले आफूलाई न्याय दिएको बताएका छन् ।
आफू पुरानो कम्युनिस्ट नेता भएको बताउँदै सांसद थापाले आफूमाथि अदालतले न्याय गरेको प्रतिक्रिया दिएका छन् । योसँगै उनले अब आफूले सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय नलिएको बताएका छन् । आफू तटस्थ रहन सक्ने उनले बताए । उनले विपक्षी गठबन्धनलाई भने समर्थन नगर्ने बताएका छन् । आइतबार थापालाई सांसदको हैसियतमा काम गर्न दिन सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै उनको सांसद पद जोगिएको हो ।
पार्टीको ह्वीप नमानेको भन्दै थापालाई राष्ट्रिय जनमोर्चाले बिहीबार ९जेठ २०० कारबाही गरेको थियो । कारबाही भएको भोलिपल्ट (शुक्रबार) उनी सर्वोच्च अदालत गएका थिए ।