×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनाव हारेर केही गुमाएको छैन, सपना हारेकोमा चिन्ता छ : कमल थापा

चुनाव हारेर केही गुमाएको छैन, सपना हारेकोमा चिन्ता छ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्वाचनमा पराजित भएर आफूले व्यक्तिगत रूपमा केही नगुमाएको बताएका छन् । आफ्नो सपना कमजोर भएकामा भने दुःखी भएको उनको भनाइ छ ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले नेपाललाई सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा आफू दुःखी भएको बताएका छन् । हेटौँडालाई वाग्मती प्रदेशको राजधानी बनाउन आफूले भूमिका खेलेको उनले उल्लेख गरेका छन् । काठमाडौं जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र स्थापनालगायत सपना हारेको उनले बताएका छन् ।

“चुनाव हारेर मैले व्यक्तिगत रूपमा केही गुमाएको छैन । नेपाललाई सर्वधर्म समभावसहितको हिन्दुराष्ट्र बनाउने सपना कमजोर भएकोमा दुःखी छु,” उनले ट्विटरमा लेखेका छन्, “हेटौँडालाई राजधानी त बनाएँ, तर काठमाडौं जोड्ने सुरुङमार्ग, नयाँ औद्योगिक क्षेत्र, चक्रपथ बनाउने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ ।”

प्रतिकृया दिनुहोस्