×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

एनआरएनए जापान निर्वाचन : उम्मेदवारी दिएका सबै महिला निर्विरोध 

एनआरएनए जापान निर्वाचन : उम्मेदवारी दिएका सबै महिला निर्विरोध 

जापान । गैर आवासिय नेपाली संघ (एनआरएनए) जापान राष्ट्रिय समन्वय परिषदको आगामी दुई बर्षे कार्यकालका लागी उम्मेदवारी दर्ता गराएका सबै महिलाहरु निर्विरोध निर्वाचित भएका छन् । एनआरएनए जापानको विधान र सो अन्तर्गत बनेका निर्वाचन निर्देशिका–२०२५ र निर्वाचन सम्बन्धि कार्यविधि बमोजिम विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका महिलाहरु सबै निर्विरोध निर्वाचित भएका हुन ।

निर्विरोध निर्वाचित हुनेहरुमा महिला उपाध्यक्ष अन्जु भण्डारी,महिला सचिव ललिता तामाङ्ग,महिला सहकोषाध्यक्ष कामना भण्डारी,महिला सयोजक मन्जु बम र महिला सदस्यमा ईश्वरी अर्याल र सन्तोषी अधिकारी रहेको निर्वाचन समितिले जानकारी गराएको छ । विगत लामो समयदेखि जापानमा बसेर विभिन्न पेशा व्यवसायका साथै सामाजिक  काममा सक्रिय रहेका महिलाहरु यसरी मिलेर उम्मेदवारी दिदाँ सबै निर्विरोध निर्वाचित हुन सकिएको मा राम्रो सुरुवात भएको भन्दै सधै मिलेरै जान उपयुक्त हुने जापानवासी नेपालीहरुले विभिन्न माध्यमवाट तर्क प्रस्तुत गरेका छन् । 
 

प्रतिकृया दिनुहोस्