×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

एनआरएनएले ट्राफिक कन्ट्रोल रूम निर्माण गर्ने

एनआरएनएले ट्राफिक कन्ट्रोल रूम निर्माण गर्ने

काठमाडौं । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राजधानीमा नयाँ ट्राफिक कन्ट्रोल रूम निर्माण गर्ने भएको छ । भदौ २४ गतेको आन्दोलनका क्रममा ध्वस्त पारिएको कन्ट्रोल रूमलाई पुनः निर्माण गर्न आफूहरू सहयोग गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिएका हुन् ।

श्रेष्ठका अनुसार करिब एक करोड रुपैयाँ लागतमा पहिलाको भन्दा सुविधासम्पन्न र अत्याधुनिक प्रविधियुक्त कन्ट्रोल रूम निर्माण गरिनेछ । “ट्राफिक कन्ट्रोल रूम नभएकै कारण सुरक्षा चुनौती बढेको छ र दुर्घटनाको खतरा समेत बढ्न सक्छ,” उनले भने, “दसैंअघि नै कन्ट्रोल रूम तयार पार्छौं, त्यसपछि दोश्रो चरणमा पनि सहयोगका उपाय खोज्छौं।”

उनका अनुसार कन्ट्रोल रूम नहुँदा मापसे परीक्षणलगायतका ट्राफिक व्यवस्थापनसम्बन्धी गतिविधिमा ठूलो समस्या परेको छ । ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले एनआरएनएको सहयोगप्रति आभार व्यक्त गर्दै यसलाई ऐतिहासिक पहलका रूपमा लिएका छन् । उनले भने, “हाल कार्यालयको सेवा टेन्टबाट गर्नुपरेको छ, नयाँ कन्ट्रोल रूम सञ्चालनमा आएपछि सेवा धेरै सहज हुनेछ ।”

प्रतिकृया दिनुहोस्