काठमाडौं-नेपालले आईसीसी विश्वकप लिग टू मा बिहिबार युएईविरुद्धको खेल जितेमा नेपालले विभिन्न टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाउँने छ ।
नेपालले बिहिबारको खेलमा युएईलाई पराजित गरेमा विश्वकप लिग टूको शीर्ष ३ मा रहदै नेपाल विश्वकप छनोटमा स्थान बनाउँने छ ।
आईसीसी एकदिवसीय विश्वकप छनोटमा आगामी जुन जुलाईमा जिम्बावेमा आयोजना हुनेछ ।
विश्वकप छनोटमा स्थान बनाउने हो भने नेपालले विभिन्न टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाउने छ ।
विश्वकप छनोटमा विश्वकप सुपर लिगको पुछारका ५ टोलीले विश्वकप छनोट खेल्नु पर्ने हुन्छ ।
आयोजक जिम्बाबे तथा आयरल्याण्डको विश्वकप छनोटमा स्थान पक्का भईसकेको छ ।
टेस्ट राष्ट्रहरु श्रीलंका,वेस्ट इण्डिज तथा दक्षिण अफ्रिका मध्ये दुईले विश्वकप छनोट खेल्ने पक्का रहेको छ ।
नेपालले २०१८ मा एकदिवसीय अन्तराष्ट्रियको मान्यता पाए पछि टेस्ट राष्ट्रसँग पहिलो पटक खेल्ने अवसर पाउनेछ ।
केही टेस्ट राष्ट्रसॅंग लिस्ट ए मान्यताको एकदिवसीय खेल खेलेको भए पनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त खेल भने पहिलो पटक खेल्नेछ ।
यसका लागि बिहिबारको खेलमा नेपालले युएईलाई पराजित गर्नुपर्ने हुन्छ ।
नेपालको ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ ।
नेपालले बिहीबारको विश्वकप लिग टूको अन्तिम खेलमा युएईलाई हराउँदा ४० अंक हुनेछ । ४० अंक हुँदा नेपालले नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न पाउनेछ ।
नेपाललाई सिधै विश्वकप छनोट खेल्न नामिबियालाई पछि पार्नुपर्ने हुन्छ । नेपालले युएईलाई जितेमा नामिबियालाई पछि पार्नेछ ।
स्कटल्यान्ड ५० अंकका साथ च्याम्पियन र ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएका छन् ।
नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
विश्वकप छनोटमा सहभागी रहने १० टोलीको शीर्ष दुईमा रहन सके नेपालले भारतमा आयोजना हुने आईसीसी विश्वकप खेल्नेछ ।