×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई बजार अनुगमन गराउने

एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई बजार अनुगमन गराउने

काठमाडौँ- नेकपा (एमाले)ले आफ्ना स्थानीय तहका जनप्रतिनिधिलाई बजार अनुगमन गराउने भएको छ । एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले अहिले अकासीएको मूल्य बृद्धिबारे आफ्नो जनप्रतिनिधिलाई अनुगमन गराउने बताए । 

उनले आफूले जितेका स्थानीय तहमा जनप्रतिनिधि भएको ठाउँको मूल्य नियन्त्रण गर्न बजार अनुगमन गराइने जानकारी दिए । नेता ज्ञवालीले राज्यको नियामक निकाय कमजोर हुँदा बिचौलियाको चलखेल भएर उपभोग्य बस्तुको मूल्य आकासीएको बताए ।

उनले सबैले उपभोक्ताका साझा मुद्दा बनाएर मूल्य नियन्त्रण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सुशासन विभागका प्रमुख यज्ञराज सुनुवारले सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा सुशासन विभागका सदस्य कुमारी खरेलले पछिल्लो एक वर्षमा देशका प्रमुख आर्थिक सूचक, खाद्य तथा पेयपदार्थ र इन्धनको मूल्यवृद्धिको अवस्था, दैनिक उपभोग्य खाद्य वस्तु, निर्माण सामग्री र पिछडिएको क्षेत्र कर्णालीको मूल्यवृद्धिको अवस्थाका बारेमा पनि जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्