×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘मुलुकमा भएका परिवर्तनहरू एमालेले गरेको हो’

‘मुलुकमा भएका परिवर्तनहरू एमालेले गरेको हो’

काठमाडौ- नेकपा (एमाले) नेता पृथ्वीसुब्बा गुरुङले मुलुकमा भएका सकारात्मक परिवर्तनहरूको श्रेय एमालेलाई जाने दाबी गरेका छन् । ‘३५ सालयता एमाले आमूल परिवर्तन गरिरहेकाे छ,’ गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्रीसमेत रहेको गुरुङले भने, ‘पञ्चायत र राजतन्त्र फाल्नेदेखि लिएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनेसम्मकाे काम एमालेले गरेको हो ।’

३५ सालमा माले गठन नभएको भए ४६ सालमा पञ्चायतसमेत नढल्ने ठोकुवा नेता गुरुङको थियो । ‘३५ सालमा गठन भएको मालेले छत्तीस, सैँतीस सालतिर, जनमत संग्रहतिर राम्रो भूमिका खेल्यो । त्यो चाहिँ कुशल नेतृत्वको कारणले हो । मदन भण्डारीको कुशल नेतृत्व थियो त्यतिबेला पार्टीमा । जनताको बहुदलीय जनवाद स्थापित भयो । त्यसपछि यी सबै परिवर्तनहरू हुँदै आयो । एमलेले गर्दै आयो ।’ गुरुङले एमाले जनताको दल भएकोसमेत बताए । स्थापना कालदेखि नै एमाले जनताको साथमा रहेको गुरुङको दाबी थियो ।

 

प्रतिकृया दिनुहोस्