उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महताको पुतला जलाउने सत्तारूढ पार्टी एमालेकै खनाल–नेपाल समूहनिकट ११ जना युवा विद्यार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खनाल-नेपालनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासविच आरती लामा, सचिवहरू टपेन्द्र शाही, मेधनाथ चापागाईं रहेका छन् । त्यस्तै, महेश श्रेष्ठ, अशोक थापा, लक्ष्मी क्षत्री, हर्क बम, आकाश खनाल, अमर पुन, मानबहादुर बुढा पक्राउ परेका छन् । उनीहरूलाई बानेश्वरबाट पक्राउ गरिएको हो । उनीहरूलाई यतिवेला महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
उपप्रधानमन्त्री महतोले बहुराष्ट्र राज्यको वकालत गर्दै देश टुक्र्याउने अभिव्यक्ति दिएपछि विवादित बनेका छन् ।