×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

दोस्रो पटक गर्भवती नेहा

दोस्रो पटक गर्भवती नेहा

नेहा धुपिया र अंगद बेदीको घरमा दोस्रो सन्तानको जन्म हुँदैछ । नेहाले आफू गर्भवती भएको जानकारी सामाजिक संजालमार्फत सार्वजनिक गरेकी हुन् । जसमा नेहाका पति अंगद र छोरी मेहरसँग देखिएकी छन् । नेहाले भगवानलाई धन्यवाद दिएकी छन् ।

यद्यपि नेहाले गर्भावस्थाको समयमा समेत निरन्तर काम गरिरहेकी छन् । दुई दिन अघि उनले छायांकनबाट फर्किएका केही फोटोहरू सामाजिक संजालमा सार्वजनिक गरेकी थिइन् । शुभ समाचार सार्वजनिक गर्नुअघि उनले एक रात पोस्ट सस्पेन्स राखेकी थिइन् । उनले ठुलो प्रोजेक्ट सुरु गर्न लागेको र त्यसको लागि मध्यरातसम्म कुर्न आग्रह गरेकी थिइन् ।

नेहा पहिलो पटक विवाहअघि नै गर्भवती भएकी थिइन् ।  त्यसैले विवाह गोप्य र हतारमा गरिएको थियो । नेहा गर्भवती भएको अंगदले स्वीकार गरेका थिए र उनीहरुले गोप्य रुपमा बिहे गरे । नेहा र अंगदको अफेयरको चर्चा क्रिकेटर जहीर खान र सागरिकाको विवाह समारोहमा एक साथ पुगेपछि फैलिएको थियो । उनीहरुले २०१८ मा विवाह गरेका थिए । एजेन्सी 

 

प्रतिकृया दिनुहोस्