×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सप्तरङ्ग यात्राका क्रममा कलाकारहरू सुर्खेतमा

सप्तरङ्ग यात्राका क्रममा कलाकारहरू सुर्खेतमा

सुर्खेत- तेस्रो सप्तरङ्ग यात्रामा राष्ट्रिय स्तरका कलाकारहरू सुर्खेतमा आएका छन् । कर्णालीको राजधानी सुर्खेत आइपुगेको  ख्यातिप्राप्त कलाकारको समूहले एउटै मञ्चबाट प्रस्तुति दिनेछ ।  स्वास्थ्य र समृद्धिका लागि सप्तरङ्ग कार्यक्रम अन्तर्गत चर्चित कलाकारहरूको टोली  सुर्खेत आइपुगेको हो ।

कार्यक्रममा गायक रामकृष्ण ढकाल, बद्री पङ्गेनी, प्रमोद खरेल, गायिका मिलन नेवार, अस्मिता अधिकारी, पप गायक अनिल सिंह र हाँस्यकलाकार सन्दीप क्षेत्रीले आफ्ना प्रस्तुति दिनेछन् ।

अहिले दिउँसो साढे २ बजेदेखि वीरेन्द्रनगरस्थित सामाजिक विकास मन्त्रालयको पछाडिको चौहान चौरमा कार्यक्रम सञ्चालन हुने स्थानीय संयोजक गणेश कञ्चन भारतीले जानकारी दिए । यसअघि महानायक राजेश हमाल आउने भनिए पनि आफ्नो व्यस्तताका कारण उपस्थित हुन नसक्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्