×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

बलिउडकर्मी मुस्ताक मर्चेन्टको निधन

बलिउडकर्मी मुस्ताक मर्चेन्टको निधन

काठमाडाैँ- बलिउडका एक्टर तथा कमेडियन मुस्ताक मर्चेन्टको ६७ वर्षको उमेरमा निधन भएको छ । मधुमेहबाट लामो समय यता ग्रसित मुस्ताकको मुम्बई स्थित फेमिली अस्पतालमा सोमबार निधन भएको हाे ।

उनले सोले, सीता और गीता, हाथ की सफाइ, जवानी दिवानी, सागर लगायत चलचित्रमा काम गरेका छन् । उनले सोलेमा दुई वटा भूमिकामा देखिएका छन् । चर्चित गीत ‘ये दोस्ती हम नही तोडेंगे’ मा उनी रेल चालक र बाइक चोर्ने व्यक्तिको भूमिकामा देखिएका थिए ।

उनले मुम्बईको अल इन्डिया इन्टर कलेजमा उत्कृष्ट कलाकारको अवार्ड पाएका थिए । त्यस्तै उनले लगातार तीन वर्ष उत्कृष्ट लेखक र निर्देशकको अवार्ड पनि पाएका छन् । अभिनयसँगै उनले ‘प्यार का साया’, ‘लाड साब’, ‘सपने साजन के’, ‘गँग’ जस्ता धेरै फिल्मको पटकथा पनि लेखेका छन् ।

प्रतिकृया दिनुहोस्