×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ - पाल्मु शेर्पाको डेब्यु म्युजिक भिडियो ‘दार ठेकीको’ सार्वजनिक भएको छ । गीतमा उहाँलाई गायक प्रदीप लामाले स्वरमा साथ दिएका छन् । शेर्पाको नादिङ भाकाको गीतमा जीवन बोम्जनको शब्द रहेको छ । गीतमा अमृत लामाको सङ्गीत रहेको छ । जोगलाल लामाले यस गीतलाई सङ्गीत संयोजन गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लाकै उत्कृष्ट पर्यटकीयस्थलका रुपमा परिचित भोटेकोसी गाउँपालिकाको बगम र छगम गाउँमा भिडियोको छायाङ्कन भएको छ । प्रकाश वाइबा तामाङले भिडियो खिचेका हुन् ।

राज किङ वाइबाले कोरियोग्राफी गरेको भिडियोमा छोङ्गोपो रिञ्छेन शेर्पा र मिङ्गमर डोमा शेर्पाको अभिनय छ । रोशन फ्युबाको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । निर्माण समूहले यस गीतको म्युजिक भिडियो हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्