काठमाडौं- आसन्न प्रतिनिधिसभा सदस्य उम्मेदवारमा ताप्लेजुङबाट नेकपा एमालेले पार्टी सचिव योगेश भट्टराईसहित ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ सचिव भट्टराई, पोलिटब्यूरो सदस्य तिलकुमार मेयाङ्वो, पासाङ शेर्पा, रामप्रसाद सुवेदी र टंक आङबुहाङ सिफारिस भएका छन् ।
प्रतिनिधिसभा समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस भएको छ । यस्तै प्रदेश सभा ‘क’ तर्फ पार्टीका जिल्ला उपाध्यक्ष सन्तोष खतिवडा, पूर्व जिल्ला अध्यक्ष तथा वर्तमान प्रदेश सांसद बलबहादुर साम्सोहाङ, अनन्तबहादुर साँवा, कुमार मादेन, भरत गुरुङ, हेमन्त उप्रेती, देउमान विष्ट, महेश गुरागाईं, नर्वदा भण्डारी, सुनिता थापा, गोपाल न्यौपानेसहित ११ जना सिफारिस भएका छन्।
त्यस्तै, प्रदेश सभा ‘ख’ तर्फ गोपाल थोर्पा, मणिशंकर पोमु, चित्रगुप्त साँवा, होमकुमारी साँवा, त्रिवेणी चोङवाङ सिफारिस भएका छन् भने। प्रदेशतर्फको समानुपातिकका लागि १८ जना सिफारिस भएका छन् ।