काेराेना खाेपमा राष्ट्रपति विद्यादेवी भण्डारी देखाएकाे सक्रियताकाे तीव्र आलाेचना भइरहेकाे छ। नेपालमा राष्ट्रपति सेरेमाेनियल र प्रधानमन्त्री कार्यकारी भए पनि राष्ट्रपति संस्थाकाे गरिमाकाे ख्याल नगरिएकाे आराेप लागेकाे छ।
यसैबीच पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले, 'सेरेमोनियल’ राष्ट्रपतिलाई भीख माग्न लगाउने, खै लाजशरम?' भन्दै टिप्पणी गरेका छन्। खोप छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्तव रहेकाे उनकाे भनाई छ।
उनले ट्वीटरमा लेखेका छन्, ‘कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्त्व हो। हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो। सरकार खुराफातमा मस्त हुने सेरेमोनियल राप (राष्ट्रपति) लाई चाहिँ भीख माग्न लगाउने? खै लाजशरम!’