×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रदेश १ मा मुख्यमन्त्री सहित मन्त्रीले लिए सपथ

प्रदेश १ मा मुख्यमन्त्री सहित मन्त्रीले लिए सपथ

विराटनगर- प्रदेश नं. १ मा मुख्यमन्त्री राजेन्द्र राईसहित ६ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राई र चार मन्त्री र एक राज्यमन्त्रीले समेत मंगलबार सपथ लिएका हुन् । मंगलबार सपथ लिनेहरुमा नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादवले सामाजिक विकास मन्त्रीको शपथ लिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्रीको रुपमा सपथ लिन सफल भइन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले २ मन्त्री माओवादी केन्द्रले १ मन्त्री, जसपाले १ मन्त्री र मञ्चले १ राज्यमन्त्री लिने सहमति भएअनुसार मंगलबार मन्त्रीहरुको सपथ गराईएको हो ।

प्रतिकृया दिनुहोस्